काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को संस्थापक कार्यसमिति सार्वजनिक भएको छ ।
गत फागुनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको यस संस्थाको कार्यसमिति बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
नाइमाको संस्थापक अध्यक्षमा ऋतु सिंह वैद्य छन् । सञ्चालक समिति सदस्यहरुमा सुहृदराज घिमिरे, शेखर गोल्छा, शौरभ जोशी, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिपकुमार सारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदय कब्रा छन् ।
अटोमोबाइल क्षेत्रमा काम गर्ने गरि दुईपाँग्रे र चारपाँग्रे सवारी आयातकर्ता र उत्पादकहरूले नयाँ संस्था खोलेका हुन् ।
Comments are closed.