काठमाडौँ । मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ ।
पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु¥याइने छ । कम्पनिका अनूसार यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ ।
यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् ।
दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ । इनफिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ । नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडहरूमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास कम्पनिले लिएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भनेका छन्, ‘नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको छ । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ ।’
नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्वपूर्ण कोसेढुंगा हो । नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने छ । आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने हाम्रो विश्वास छ । रोयल इन्फिल्डको आकर्षक डिजाइन, बलियो क्षमताको मात्रै नभएर पुस्तौँदेखि व्यक्तित्वको प्रतीक समेत बनिरहेको छ ।
रोयल इनफिल्डको विगतदेखि मोटरसाइक्लिङको स्वर्णयुगसम्म आइपुग्दा क्लासिक केबल मोटरसाइकल मात्रै रहेन । यो एउटा सांस्कृतिक प्रतीक पनि बनेको छ । क्लासिङ ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउने छ ।
कुन भेरियन्टमा के छ ?
हेरिटिज सिरिज: हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ ।
हेरिटेज प्रिमियम यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।
सिग्नल सिरिज: कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ ।
डार्क सिरिज: खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ ।
क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ ।
रोयल इन्फिल्डले सन्२०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । बीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंलादेश मा छ भनेभारतको तमिलनाडुमा State Of Art Manufacturing Factory रहेको छ ।
मूल्य सुची
हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) रु ५,५५०००,
हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज ) रु ५,६६००० रहेको छ ।
रोयल इनफिल्डः
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको ब्राण्ड हो । बेलायती जगबाट उत्पादन सुरू गरेको यसले मद्रासमा १९५५ मा प्लान्ट निर्माण ग¥यो । यसले भारतमा मध्यम प्रकारको ट्व ह्वीलर विस्तारमा योगदा पु¥यायो ।
आकर्षक स्वरूप,
बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिङ्अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ । रोयल इनफिल्डका थप प्रिमियम मोडलमा बियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन्।
कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइङ फ्ली पनि ल्याएको छ । व्यवसायिक राइडर तथा मोटरसाइकलमा रूची राख्ने समुदायमाझ रोयल इनफिल्ड आफ्नो ऐतिहासिक र कलात्मक विरासत जोगाउँदै नवीन प्रविधिमा आधारित उत्पादन ल्याउन सदैव तत्पर छ । इनफिल्डमै हजारौँ राइडहरूले उच्च हिमाली भेगदेखि गोवासम्को यात्रा हालसालै पार समेत गरेका थिए ।
आइचर मोटोर्स लिमेटेडको विभागका रूपमा रोयल इनफिल्डको २ हजार बढी स्टोर्स भारतमा रहेका छन् । यस्तै विश्वभरका विभिन्न ६० राष्ट्रमा ८५० स्टोर्स छन् । यसको बेलायत र भारतमा विश्वस्तरीय प्राविधिक केन्द्र पनि छ । विश्वभर रोयल इनफिल्डको ६ वटा सिकेडी छ जसमा बंगलादेश, नेपाल, ब्राजिल, थाइलाण्ड, अर्जेन्टिना र कोलम्बिया पर्छन्।
Comments are closed.