ग्लोबल स्मार्टफोन ब्रान्ड शाओमीले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन ‘रेडमी ए५’ सार्वजनिक गरेको छ । “खुसीको ग्यारेन्टी, २ वर्षको वारेन्टी” ट्यागलाइनसहित सार्वजनिक गरिएको यस फोनमा सस्तो मूल्यमा आकर्षक डिजाइन, उच्च क्यामेरा गुणस्तर, लामो ब्याट्री ब्याकअप, उच्च रिफ्रेस रेट डिस्प्ले लगायतका दमदार फिचरहरू समेटिएका छन् ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले रेडमी ए५ नेपाली प्रयोगकर्ताहरूका लागि सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन अनुभव दिने उद्देश्यले ल्याइएको बताए । उनका अनुसार यो फोन ३२ मेगापिक्सेलको डुअल रियर क्यामेरा, ६.८८ इन्चको १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले, ५२०० एमएएच क्षमताको ब्याट्री र अक्टा–कोर प्रोसेसर सहित आएको छ ।
स्मार्टफोनमा रहेको एआई डुअल क्यामेरा सिस्टमले प्रष्ट र डिटेल फोटो खिच्ने क्षमता राख्दछ भने ८ मेगापिक्सेलको सेल्फी क्यामेराले अँध्यारोमा पनि अनुहार उज्यालो देखाउने फिल लाइट सुविधा प्रदान गर्दछ । १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोनको ब्याट्री एकपटक चार्ज गरेपछि २० घण्टा भिडियो प्लेब्याक र १४ घण्टाभन्दा बढी स्क्रिन टाइम दिने दाबी गरिएको छ ।
युनिसोक टी७२५० प्रोसेसरयुक्त रेडमी ए५ मा ८ जीबीसम्म र्याम विस्तार गर्न मिल्ने सुविधा छ । फोनको एन्टुटु स्कोर २ लाख ६० हजारभन्दा बढी रहेको छ । यो फोन ओसन ब्लू, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक तीन आकर्षक रंगमा ३ं६४ जीबी र ४ं१२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । मूल्य क्रमशः रु. १०,९९९ र ११,९९९ निर्धारण गरिएको छ ।
रेडमी ए५ सम्पूर्ण मी स्टोर तथा आधिकारिक शाओमी रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
Comments are closed.