काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले यो अवधिमा केही मुनाफा घटाएको छ, तर वितरणयोग्य मुनाफा र अन्य वित्तीय सूचकहरू भने सकारात्मक देखिएका छन्।
बैंकले आव २०८०र८१ को पहिलो ९ महिनामा १ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको मुनाफा १०.१७ प्रतिशतले घटेको हो।
तर, वितरणयोग्य मुनाफा भने अघिल्लो वर्षको १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन ६९.३ प्रतिशतको उल्लेख्य वृद्धि हो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यो आम्दानी ७ अर्ब २० करोड रुपैयाँ थियो। यसले बैंकको कोर ब्याङ्किङ सञ्चालनमा केही दबाब देखिएको संकेत गर्छ।
बैंकको संचालन नाफा अघिल्लो वर्षको २ अर्ब ६७ करोड ४६ लाख रुपैयाँबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ। यस अवधिमा कुल संचालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।
अन्य वित्तीय सूचकहरु खराब कर्जा अनुपात ४.९८ प्रतिशत, चुक्ता पुँजी १९ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोष सञ्चितिस् १५ अर्ब ४९ करोड रुपैयाँ, प्रति शेयर आम्दानी ११.४७ रुपैयाँ, प्रति शेयर खुद मूल्य २१७.७३ रुपैयाँ, नाफामा केही गिरावट देखिए पनि वितरणयोग्य मुनाफा र पूँजी आधार सशक्त रहनुले बैंकको दीर्घकालीन वित्तीय हैसियतमा सुधार देखिएको छ। खराब कर्जा अनुपात सन्तोषजनक सीमा नजिक छ भने EPS र Net Worth पनि लगानीकर्ताका लागि सकारात्मक सूचक हुन्।
बैंकको सञ्चालन व्यवस्थापन, खर्च नियमन र ब्याज नीतिमा सुधार हुने हो भने आगामी त्रैमासमा पुनः नाफामा उकालो लाग्ने सम्भावना उच्च रहेको विश्लेषकहरूको अनुमान छ।
Comments are closed.