‘फरथिङ फ्राइडे’ ईभी अब नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा अर्को नयाँ विद्यूतीय एसयूभी लन्च हुने भएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलीटीले चिनियाँ अटो उत्पादनक डोङफेङको ‘फरथिङ फ्राइडे’ एसयूभीलाई अर्को हप्ता औपचारिक लन्च गर्न लागेको हो ।

फ्राइडे एसयुभीको दुईवटा भेरिएन्ट केरुङसम्म आइपुगेको र अवको केही दिनपछि औपचारिक लन्च हुने लक्ष्मी ई–मोबिलिटी स्रोतले जनाएको छ । यो एसयुभी लक्जरी र एक्सक्लुसिभ भेरिएन्टमा उपलब्ध हुनेछ भने मूल्य ५६ लाख ९६ हजार र ६२ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४।६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट\रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल\डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

You might also like

Comments are closed.