देशभर १६ चेकपोइन्टमा बुधबारबाट निसान ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिएको छ । यसैक्रममा निसानका गाडीहरूको लागि ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ हुँदैछ । वैशाख १०, ११ र १२ गते (अप्रिल २३, २४, र २५) मा क्याम्प हुने कम्पनीले जनाएको छ ।

‘नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको हो,’ जारी विज्ञप्तिमा भनिएको छ । देशव्यापी रूपमा सञ्चालन हुने सर्भिस क्याम्पबाट देशभरका ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, बिर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ क्याम्प सञ्चालन हुँदैछ ।

‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्नेछन् भने ‘लेबर चार्ज’ निःशुक्ल हुनेछ ।

त्यस्तै ‘सस्पेन्सन’, ‘क्लच’ जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् । १५ प्रतिशत छुटमा ‘बडि सप जब्स’ सुविधा लिन सक्नेछन् । ल्युब्रिकेन्ट, ‘फिल्टर पाट्र्स’, र ‘ब्रेकप्याड’ तथा ‘सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्नेछन् ।

निसान गाडीहरूको विशेष छुटका साथ चेक-अप तथा सर्भिसिङ गर्ने यो अवसर नछुटाउन पनि कम्पनीले आग्रह गरेको छ ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान मोटर कम्पनीको आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित यो कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको प्लान्टबाट सवारी साधन आयात तथा निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पाटपुर्जा लगायतको सुविधा उपलब्ध गराउँदै आएको छ । नेपालभर १३ वटा डिलर नेटकर्व छ ।

You might also like

Comments are closed.