काठमाडौं । नेपालका लागि चारपाँग्रे इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक अफरहरुसहितको प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको दिपल इभीलाई आकर्षक अफरहरुसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीको विश्वास छ । यो अफरलाई कम्पनील ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) भनेको छ ।
‘अनमिसेबल प्रि–बजेट अफर’मा ग्राहकले नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ । ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउनेछन् ।
नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको जनाएको छ ।
साथै, वैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन् । बजारमा विद्युतीय सवारीसाधनमा कर बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने राम्रो मौका हुनसक्ने कम्पनीले जनाएको छ ।
नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा आठसय भन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ । हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन् । यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ ।
साथै, ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लु वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिङ सञ्जाल हो ।
Comments are closed.