प्रोटोन ई मास ७ को नेतृत्वमा ९ राष्ट्रहरूमा एशियन युनिटी ड्राइभ २०२५ यात्रा सुरु

काठमाडौं । प्रोटोन कम्पनीको सहायक संस्था न्यू इनर्जी टेक्नोलोजीले एशियन यूनिटी ड्राईभ २०२५ को मुख्य प्रायोजकको रूपमा सहभागी हुने घोषणा गरेको छ। यो अभियानद्वारा विद्युतीय सवारी साधन (EV) को प्रवर्द्धनमा ASEAN राष्ट्रहरूबीचको सहकार्यलाई सशक्त बनाउने लक्ष्य लिइएको छ।

यस यात्रामा मलेसियाको पहिलो राष्ट्रिय EV – Proton e.MAS 7, साथै Proton X50 र X70 गाडीहरूले सहभागिता जनाउँदै ९ राष्ट्रहरू पार गर्दै ९,००० किलोमिटर लामो यात्रा तय गर्नेछन्।

कार्यक्रमको औपचारिक सुरुवात आज Menara MITI, क्वालालम्पुर मा सम्पन्न भयो। उद्घाटन कार्यक्रममा मलेसियाका लगानी, व्यापार तथा उद्योग मन्त्री यबी सेनेटर तेंग्कु जाफरुल, MARii का अध्यक्ष डाटुक डा. अमिनार रशिद, MARii का CEO अज्रुल रेजा अजीज, PROTON का अध्यक्ष तन श्री सईद फैसल अलबर र उप-CEO रोसलान अब्दुल्लाह सहभागी थिए।

PRO-NET का CEO झाङ क्याङ ले भने, “ASEAN Unity Drive 2025 मा सहभागी हुनु PRO-NET का लागि ठूलो उपलब्धि हो। e.MAS 7 ले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रदर्शन गर्ने अवसर पाउनेछ, जुन टिकाउ र भरपर्दो विद्युतीय गाडीको प्रतीक हो।”

ASEAN Unity Drive 2025 यात्रा १६ अप्रिलदेखि ८ मे २०२५ सम्म सञ्चालन हुनेछ, जसमा दुई रुटहरू समावेश छन् । उत्तर रुट: हनोई (भियतनाम) – वियन्टियान (लाओस) – फ्नोम पेन्ह (कम्बोडिया) – बैंकक (थाईल्यान्ड) – पेनाङ (मलेसिया) – क्वालालम्पुर (मलेसिया), दक्षिण रुट: मनीला (फिलिपिन्स) – साबाह (मलेसिया) – बान्दर सेरी बेगावान (ब्रुनाइ) – सारावाक (मलेसिया) – जकार्ता (इन्डोनेसिया) – सिङ्गापुर – क्वालालम्पुर (मलेसिया) रहेको छ ।

मलेसियाली प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमद्वारा Proton e.MAS 7 लाई ASEAN अध्यक्षताको आधिकारिक सवारीका रूपमा घोषणा गरिएको छ, जसले क्षेत्रीय विद्युतीय रूपान्तरणमा यसको महत्त्वपूर्ण भूमिका पुष्टि गर्छ।

नवीन प्रविधि र दिगो यातायाततर्फको प्रतिबद्धतासहित, PRO-NET ले यो अभियानद्वारा प्रोटन e.MAS 7 को क्षमता, दायरा र विश्वसनीयता प्रदर्शन गर्दै, ASEAN क्षेत्रका उपभोक्तालाई EV अपनाउन उत्प्रेरित गर्ने उद्देश्य लिएको छ।

You might also like

Comments are closed.