ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा, खरिद गर्न चाहिने विवरण यस्ता छन्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । ग्लोबल आइएमईले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको समयभित्र संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.