काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको तयारी पुरा भएको छ । भोलि बिहीबार काठमाडौंको सानो भर्याङस्थित बुद्धप्यालेस ब्याङक्वेटमा महाधिवेशन हुने महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिए ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन कार्यक्रम हुने महासंघले जनाएको छ ।
महासंघसँग आबद्ध ३५ संघ छन् । संघहरुमार्फत ७७ वटै जिल्लाका व्यवसायीहरुलाई समेट्ने योजना रहेको महासंघले जनाएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु काठमाठौं आउने क्रम जारी रहेको वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले जानकारी दिए । ‘महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने । सर्वसम्मत नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।
Comments are closed.