सुरक्षित भविष्यका लागि ‘केस ब्राण्ड’मा ढुक्कसँग लगानी गर्न सकिन्छ

बिशाल गुप्ता, बिजनेश हेड, जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रालि

शंकर ग्रुपले नेपालको कर्पोरेट क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल छ । १९७९ मा स्थापित यो समूहले अटोमोबाइल, कन्स्ट्रक्सन, हस्पिटालिटी, ऊर्जा, वित्तीय लगायतका क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको छ । नेपालको आर्थिक क्षेत्रमा यो समूहले पु¥याएको योगदानलाई महत्वपूर्ण मान्न सकिन्छ ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रा.लि.ले नेपाली बजारमा केस (CASE) ब्राण्डका हेभी इक्विपमेन्ट बिक्री वितरण गर्दै आइरहेको छ । त्यस्तै किस्ट्रयाक (मोबाइल) क्रसर Keestrack (Mobile) crushers) र जेसिबी पावर प्रडक्ट (JCB power products) लाई पनि नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । ‘सुरक्षित भविष्यको लागि, सुरक्षित लगानी केस इक्विपमेन्टमा’ स्लोगनसहित हामीले निरन्तर सेवा प्रदान गर्दै आइरहेका छौं ।

कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गरिरहेको छ । देशभर बलियो नेटवर्क स्थापित गर्न सफल यो समूहले नेपाली बजारमा केस ब्राण्डको ब्याक्होलोडर, सोइल कम्प्याक्टर तथा विभिन्न मोडलका रोलरहरु बिक्री वितरण गर्दै आइरहेको छ । केसका ३ हजार भन्दा बढी मेसिनहरु नेपालमा बिक्री भएर सेवा प्रदान गरिरहेका छन् ।

केस ब्राण्डका हेभी इक्विपमेन्टहरु संसाभर लोकप्रिय छन् । १८० वर्षको लिगेसी बोकेको केस कन्स्ट्रक्सन इक्विपमेन्ट संसारका अन्य देशमा जस्तै नेपालमा पनि छोटो समयमा नै लोकप्रिय बनेको छ । यो समूहले देशभरका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । हामीले मेसिन बिक्रीलाई मात्रै होइन बिक्री पछि ग्राहकले पाउनुपर्ने सुविधालाई प्रमुख प्राथमिकतामा राखेका छौं ।

हेभी इक्विपमेन्ट व्यवसायी एवं निर्माण व्यवसायीहरुले केस ब्राण्डलाई नजिकबाट अनुभव गर्नुभएको छ । यो ब्राण्डप्रति यहाँहरुले देखाउनु भएको विश्वासप्रति हामीहरु आभारी छौं । हामीहरु यहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्न सधैं तयार छौं । सडक निर्माण र अन्य विकास निर्माणको सारथी बन्नका लागि केसका मेसिनहरुले नेपालमा महत्वपूर्ण योगदान गरिरहेको छ र आगामी दिनमा यो यात्रा अझै बलियो रुपमा स्थापित हुनेछ भन्नेमा हामी विश्वस्त छौं । निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीहरुको लगानी सुरक्षित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले केस (CASE) ब्राण्डलाई ढुक्कसँग प्रयोग गरी सुरक्षित भविष्य र सुरक्षित लगानीका लागि समर्पित हुन म देशभरका व्यवसायीहरुमा आग्रह गर्दछु ।

यसैक्रममा वैशाख १८ गते काठमाडौंमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरबाट काठमाडौं आउनुभएका हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई जगदम्बा ग्रुपको तर्फबाट हार्दिक स्वागत गर्दछु । महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वले नेपालमा हेभी इक्विपमेन्ट व्यवसायको समग्र विकासमा थप महत्वपूर्ण योगदान गर्नेछ भन्ने विश्वास समेत लिएको छु ।

You might also like

Comments are closed.