काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन आज हुँदैछ।
काठमाडौंको सानो भर्याङस्थित बुद्धप्यालेस ब्याङक्वेटमा महाधिवेशन १० बजेपछि सुरु हुनेछ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन कार्यक्रम हुने महासंघले जनाएको छ ।
महासंघसँग आबद्ध ३५ संघ छन् । संघहरुमार्फत ७७ वटै जिल्लाका व्यवसायीहरुलाई समेट्ने योजना रहेको महासंघले जनाएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु काठमाठौं आइसकेका छन् ।
Comments are closed.