‘विकासका लागि निर्माण, निर्माणका लागि जेसिबी’

तेजप्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत, एमएडब्लु अर्थमुभर्स प्रा.लि.

एम.ए.डब्लु ग्रुप अन्तर्गतको एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा बिगत २३ वर्षदेखि जेसिबी इक्यूपमेन्टको लागि नेपालको आधिकारिक वितरक भएर काम गरिरहेको छ । नेपालको निर्माण क्षेत्रमा अग्रणी पहिचान बनाउन जेसिबी ब्राण्ड सफल भएको छ । हेभी इक्विपमेन्ट तथा कन्स्ट्रक्सन क्षेत्रको लिडिङ कम्पनी बन्दै देशभरका हेभी इक्विपमेन्ट तथा निर्माण व्यवसायीहरुको विश्वास जित्न जेसिबी सफल भएको छ ।

देशभर ३३ वटा डिलर नेटवर्क स्थापना गर्दै कम्पनीले सेवा प्रदान गरिहेको छ । २०० भन्दा बढी सर्भिस इन्जिनियर आबद्ध रहेको यो कम्पनीले बिक्री पछिको सेवालाई पहिलो प्राथमिकतामा राखेको छ । मेसिनहरुका लागि आवश्यक पार्टससमेत कम्पनीले प्रयाप्त मात्रामा स्टक राखेकाले व्यवसायीले कुनै समस्या भोग्नु पर्दैन । राम्रो र गुणस्तरीय सेवाकै कारणले हामीले ग्राहकको विश्वास जित्न सफल भएका छौं । ग्राहकको विश्वासले नै हाम्रो यात्रा सफल भएको छ ।

ग्राहकबाट प्राप्त मायाकै कारण ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसिबी’ स्लोगनले समेत सार्थकता प्राप्त गरेको हामीले महसुस गरेका छौं । जेसिबी इक्युपमेन्टको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले ‘बेष्ट साउथ एशियन रिजनल डिलर्स अवार्ड’ लगायत थुप्रै अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेको छ । जेसिबी ब्राण्ड संसारभर लोकप्रिय छ । नेपालमा समेत यसको उपस्थिति बलियो बनेको छ ।

निर्माण उपकरण उत्पादनमा विश्व बजारको अग्रणी ब्राण्ड जेसिबीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने विश्वास गरेका छौं । कम्पनीले बिक्री गरिएका केही एक्साभेटरमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी योजना दिएर आफ्नो उपस्थितिलाई थप बलियो बनाउने योजना बनाएको समेत यहाँहरुसमक्ष जानकारी गराउँछौं ।

नेपाल जेसिबीका लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार बनेको छ । हामीले हाम्रा ग्राहकहरूका लागि यहाँ सधैं अत्याधुनिक प्रविधियुक्त र उन्नत उत्पादनहरू प्रस्तुत गर्दै आएका छौं । नेपालमा जेसिबीका करिब १२ हजार उपकरणहरु संचालनमा छन् । जेसिबीको ब्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स र टेलि ह्याण्डलर्स नेपालमा प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थ मुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकलाई सेवा दिदै आएका छौं ।

जेसीबीका उपकरणहरुमा जेसिबी लाइभ लिङ्क नामक अत्याधुनिक प्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमा तत्कालै जानकारी प्रदान गर्छ ।

यसैक्रममा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन काठमाडौंमा हुँदैछ । काठमाडौंमा हुने महाधिवेशनको पूर्ण सफलताका लागि जेसिबीको तर्फबाट हामीले सहकार्यसमेत गरेका छौं । महाधिवेशनमा सहभागी हुन देशभरबाट काठमाडौं आउनुभएका सम्पूर्ण हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई हार्दिक स्वागत गर्दछौं । साथै महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।

You might also like

Comments are closed.