काठमाडौँ। नेपालका लागि फक्सवागन गाडीको आधिकारिक आयातकर्ता तथा वितरक, पूजा इन्टरनेशनल नेपाल प्रालिले पाेखरामा ब्रान्च खोलेको छ । कम्पनीले पोखराको नागढुङ्गामा सन्चालन गरिएको सोरुममा ग्राहकहरुलाई आकर्षित गर्न विशेष अफर पनि सार्वजनिक गरेको छ।
ग्राहकहरूले अब मात्र रु. १० लाखको डाउनपेमेन्टमा फक्सवागन टाईगुन खरिद गर्न सक्नेछन्। यो योजनाले टाईगुन किन्न चाहने धेरै ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ। कम्पनीले २०२५ मोडेल इयरको टाईगुन भन्दै यसको प्रचार गरिरहेको छ।
“एडभेन्चरको लागि डिजाइन गरिएको र सुरक्षाको लागि बनाइएको” नारा सहित प्रस्तुत गरिएको टाईगुनले सुरक्षाको दृष्टिकोणले पनि उत्कृष्ट प्रदर्शन गरेको छ। यस गाडीले ग्लोबल NCAP (Global New Car Assessment Program) बाट वयस्क सुरक्षा (Adult Occupant Protection) र बालबालिका सुरक्षा (Child Occupant Protection) दुवैमा ५-स्टार रेटिङ प्राप्त गरेको छ, जसले यसलाई नेपाली बजारमा उपलब्ध सुरक्षित गाडीहरूमध्ये एक बनाएको छ।
कम्पनीले टाईगुनका विभिन्न भेरियन्टहरू न्यूनतम टाईगुन कम्फर्टलाइन TSI (१.० लि, पेट्रोल, म्यानुअल, ९९९ सीसी): रु. ५४,९०,००० देखि टाईगुन टपलाइन TSI (१.० लि, पेट्रोल, अटोमेटिक, ९९९ सीसी): रु. ७९,५०,००० सम्म उपल्बध छन् ।
टाईगुनका विभिन्न भेरियन्टहरूको मूल्य सूची
टाईगुन कम्फर्टलाइन TSI (१.० लि, पेट्रोल, म्यानुअल, ९९९ सीसी): रु. ५४,९०,०००
टाईगुन कम्फर्टलाइन प्लस TSI (१.० लि, पेट्रोल, म्यानुअल, ९९९ सीसी): रु. ५५,९०,०००
टाईगुन हाइलाइन TSI (१.० लि, पेट्रोल, म्यानुअल, ९९९ सीसी): रु. ६५,९०,०००
टाईगुन हाइलाइन TSI (१.० लि, पेट्रोल, अटोमेटिक, ९९९ सीसी): रु. ७१,५०,०००
टाईगुन टपलाइन TSI (१.० लि, पेट्रोल, म्यानुअल, ९९९ सीसी): रु. ७२,५०,०००
टाईगुन टपलाइन TSI (१.० लि, पेट्रोल, अटोमेटिक, ९९९ सीसी): रु. ७९,५०,०००
फक्सवागन टाईगुन यसको डिजाइन, प्रदर्शन र सुरक्षा मापदण्डका कारण नेपाली उपभोक्ताहरू माझ लोकप्रिय बन्दै गएको छ। पोखरामा यसको उपलब्धता र आकर्षक डाउनपेमेन्ट योजनाले यसको बिक्री थप बढ्ने अनुमान गरिएको छ।
Comments are closed.