काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको सुदुर पश्चिम प्रदेश संयोजकमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको सुदुर पश्चिम प्रदेश संयोजकमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति बलायरले आभार व्यक्त गरेका छन् । उनी यस अगाडिको कार्यकालमा कार्यसमिति सदस्य भएर काम गरेका थिए ।
उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
Comments are closed.