lcci festival

वैदेशिक रोजगार बीमामा उछाल: साढे २ अर्बको आँकडा पार, कुन कम्पनीको कति हिस्सा?

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार, चैत मसान्तसम्ममा यस क्षेत्रको व्यवसायिक आकार साढे २ अर्ब रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख बिक्रीबाट कुल २ अर्ब ५८ करोड ७३ लाख ७० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२९ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीहरूले २ अर्ब २८ करोड ३८ लाख ८८ हजार रुपैयाँ संकलन गरेका थिए।

हाल वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूको २० लाख ४२ हजार ८३२ वटा बीमालेख सक्रिय रहेका छन्, जुन वैदेशिक रोजगारीमा जानेहरूका लागि अनिवार्य म्यादी जीवन बीमा हो।

कुन कम्पनीले कति कमाए?

११ जीवन बीमा कम्पनी र ३ लघुबीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। यसमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक व्यवसाय गरेको छ। कम्पनीले नौ महिनामा ९८ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, जसमा ९ लाख ७९ हजार ८२९ बीमालेख सक्रिय छन्।

दोस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्सले ६७ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जसमा २ लाख ३३ हजार ८४२ बीमालेख सक्रिय छन्।

अन्य प्रमुख कम्पनीहरूको प्रदर्शन:

नेपाल लाइफ: १८ करोड ११ लाख रुपैयाँ (५,७१,४९४ बीमालेख सक्रिय)

आइएमई लाइफ: १७ करोड ६९ लाख रुपैयाँ (२,३९,८०६ बीमालेख सक्रिय)

नेशनल लाइफ: १५ करोड २६ लाख रुपैयाँ (१,३२,३७३ बीमालेख सक्रिय)

सानिमा रिलायन्स लाइफ: १२ करोड ८६ लाख रुपैयाँ (१,३३,३१४ बीमालेख सक्रिय)

रिलायवल नेपाल लाइफ: ८ करोड ६८ लाख रुपैयाँ

सूर्यज्योति लाइफ: ७ करोड ९५ लाख रुपैयाँ

सिटिजन लाइफ: ७ करोड ७५ लाख रुपैयाँ

प्रभू महालक्ष्मी लाइफ: ३ करोड १ लाख रुपैयाँ

हिमालयन लाइफ: ५७ लाख रुपैयाँ

लघुबीमा कम्पनीहरूको योगदान:

लघुबीमा तर्फ गार्डियन माइक्रो लाइफले ३१ लाख, क्रेष्ट माइक्रो लाइफले ४ लाख र लिवर्टी माइक्रो लाइफले ४० लाख रुपैयाँ वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन्।

यो तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आर्थिक सुरक्षामा बीमाको महत्व बढ्दै गएको देखाउँछ।

You might also like

Comments are closed.