देशभरका डिलरमा पुग्दै हुन्डाईको उच्च व्यवस्थापन टोली, बिर्तामोडमा क्रेटा इभी सार्वजनिक

बिर्तामोड । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सम्पन्न गरेको छ। भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरूबीच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको उक्त अवसरमा बोल्दै कम्पनीका जनरल म्यानेजर दिपक थपलियाले बताए । ‘उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो,’ उनले भने ।

कम्पनीको अनुसार नयाँ क्रेटा इभीको सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन सहयोग गरेको छ । धेरै मानिसलाई लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकाले अब यस्तो चिन्ता गर्नु नपर्ने कम्पनीले जनाएको छ । ‘हुन्डाईका ग्राहकहरुले इभी होस् वा पेट्रोल गाडी, सेवा, पाट्र्स र सपोर्ट समान रुपमा पाउनेछन्,’ उनले भने ।

यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ । यसै अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २५ गते (८ मे २०२५) मा बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको छ । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिमसँग प्रत्यक्ष कुराकानी तथा अन्तरक्रिया गरेका छन् ।

एक सफा र स्मार्ट भविष्य तर्फको आफ्नो यात्रालाई अगाडि बढाउँदै देशको सबै क्षेत्रमा ग्राहकसँगको सम्बन्धलाई अझै बलियो बनाउने कम्पनीले प्रतिबद्ध व्यक्त गरेको छ ।

कम्पनीको उच्च व्यवस्थापन टोली देशभरका अन्य डिलहरुमा पनि क्रमशः पुग्नेछ ।

You might also like

Comments are closed.