जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

काठमाडौं । लगानी कम्पनी वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड-टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ ।  जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको छ । 

पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको मात्र नभइ मानवताको मुद्दा भएको वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टका अध्यक्ष बासुदेव गौतमले बताए । ‘यो केवल जलवायुको समस्या होइन । यो मानवताको मुद्दा हो,’ उनले भने, ‘हामी त्यस्तो विकासमा विश्वास गर्छौं, जसले मानिस र प्रकृति दुवैलाई समेट्छ । त्यसैले हामी रोटरी मिड-टाउनसँग अर्थपूर्ण कार्यक्रममा सहकार्य गरेका हौं ।’

रोटरी क्लब अफ काठमाडौं मिड-टाउनले च्यारिटी स्वरूप सोल्टी होटलमा जेठ ११ गते हुने ‘एन इभनिङ फर द गुड अर्थ’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा संकलन भएको रकम जलवायु कार्यक्रम र जनचेतना अभिवृद्धि परियोजनामा खर्च गरिने छ ।

You might also like

Comments are closed.