स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्सलाई आर्के ग्रुपद्वारा १८ वटा जुबाओ ईभी भ्यान हस्तान्तरण

काठमाडौँ  । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सक्रिय आर्के ग्रुप प्रा.लि.ले स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रा.लि.लाई एकैपटक १८ वटा जुबाओ ईभी भ्यान हस्तान्तरण गरेको छ। मे १२, २०२५ मा काठमाडौँको नागपोखरीस्थित आर्यन बुटिक होटलमा आयोजित एक भव्य समारोहमा यी अत्याधुनिक १४ सिटर भ्यानहरू हस्तान्तरण गरिएको हो।

चीनको प्रतिष्ठित FAW Jilin द्वारा उत्पादित जुबाओ ईभी भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा, र व्यावसायिक यातायातका लागि डिजाइन गरिएको हो। यी भ्यानहरूले वातावरणमैत्री सञ्चालनका साथै कम सञ्चालन खर्च र आरामदायी यात्राको अनुभव प्रदान गर्दछन्। आर्के ग्रुपद्वारा नेपाली बजारमा ल्याइएको यो भ्यान हरियाली र दिगो यातायातको उत्कृष्ट विकल्पको रुपमा स्थापित हुँदै गएको छ।

जुबाओ ईभी भ्यानको यो बृहत् हस्तान्तरणले नेपाली बजारमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षण र आर्के ग्रुपको दिगो यातायातप्रतिको पूर्ण प्रतिबद्धतालाई दर्शाउँछ। यी गाडीहरूले यातायातको गुणस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै नेपाललाई दिगो र हरित भविष्यतर्फ अग्रसर गराउन मद्दत गर्ने विश्वास लिइएको छ।

आर्के ग्रुपले आफ्ना ग्राहकहरूलाई सहज सेवा प्रदान गर्न देशभर आफ्ना शाखाहरू विस्तार गरेको छ। हाल ग्रुपका शाखाहरू धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी, बिर्तामोड र काठमाडौँमा रहेका छन्, जहाँबाट ग्राहकहरूले जुबाओ लगायत अन्य विद्युतीय सवारी साधनहरू खरिद तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन्।

You might also like

Comments are closed.