काठमाडौं । आईएमई ग्रुपको गौरवपूर्ण संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज प्रालिले आगामी शुक्रबार बालाजुस्थित मुख्य कार्यालयमा ‘सर्भिस सम्राट २०२५’ को आयोजना गर्ने भएको छ ।
‘सर्भिस सम्राट २०२५’ एउटा आन्तरिक प्राविधिक सीप प्रतियोगिता हो, जसको उद्देश्य हाम्रा टेक्निसियन र इलेक्ट्रिसियनहरुको निरन्तर सिकाईलाई प्रोत्साहन, उत्कृष्ट प्रतिभाको पहिचान र सेवा उत्कृष्टतालाई प्रवर्धन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । उनीहरुको प्रविधिक विशेषज्ञतालाई सोकेश गर्ने एउटा प्ल्याटफर्म प्रदान गरी कर्मचारीहरुमा उत्प्रेरणा प्रदान गर्ने, सर्भिस स्ट्यान्डर्डलाई बढाउने र संगठन भित्र स्वस्थ प्रतिस्पर्धालाई बढावा दिने सो प्रतियोगिताको लक्ष्य छ ।
प्रतियोगीहरुको ज्ञान र सीपको गहन पहिचानका लागि सो प्रतियोगिता लिखित, मौखिक र प्रयोगात्मक गरी तीन महत्वपूर्ण चरणहरुमा आयोजना गरिएको थियो । अशोक एलटी इन्जिनियरिङका नेपालभर रहेका ब्रान्चहरुमा कार्यरत ९० टेक्निसियन र इलेक्ट्रिसियनहरु यो वर्षको संस्करणमा सहभागी भएका थिए । गहन मूल्यांकन पश्चात ७ टेक्निसियन र ३ इलेक्ट्रिसियन गरी १० फाइनलिस्टहरु छनोट भएका छन् ।
अवार्ड वितरण समारोहमा टेक्निसियन क्याटागोरी अन्तर्गत फर्स्ट रनर अप र सेकेन्ड रनर अप तथा इलेक्ट्रिसियन क्याटागोरीमा इलेक्ट्रिसियन च्याम्पियन २०२५ समावेश हुनेछ भने समग्र टाइटलको रुपमा ‘सर्भिस सम्राट २०२५’ प्रदान गरिने छ ।
यो पहलले देशभर सीपयुक्त जनशक्ति विकास गर्ने, गुणस्तरीय सेवा प्रदान कार्यको सुनिश्चितता गर्ने र कार्य उन्मुख संस्कृति निर्माण गर्ने अशोक एलटी इन्जिनियरिङ सर्भिसेजको बलियो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
Comments are closed.