विश्वको शिखरमा जेके टायर: सगरमाथा शिखरमा फहराइयो गौरवको झण्डा

काठमाडौं । जीनियस वर्ल्ड रेकर्ड होल्डर तथा प्रख्यात पर्वतारोही फुर्बा तेन्जिङ शेर्पाले २०२५ मे १८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (माउण्ट एभरेष्ट) मा जेके टायरको झण्डा फहराएर एक गौरवमय कीर्तिमान कायम गरेका छन् ।

समुद्री सतहबाट ८,८४८.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा जेके टायरको झण्डा फहराउँदै शेर्पाले साहस, दृढ संकल्प र समर्पणको प्रतीकका रूपमा यो ऐतिहासिक क्षणलाई जीवन्त बनाएका हुन् ।

यस महत्वपूर्ण उपलब्धिपछि जेके टायरका प्रवक्ताले भने, “हाम्रो ब्रान्डको झण्डा विश्वको सर्वोच्च स्थानमा फहरिएकोमा हामी अत्यन्तै गौरवान्वित छौं। यो सफलताले हाम्रो मूल्य–मान्यता, मजबूती, उत्कृष्ट प्रदर्शन र उत्कृष्टता हासिल गर्ने हाम्रो अदम्य चाहनालाई प्रतिबिम्बित गर्दछ।”

फुर्बा तेन्जिङ शेर्पा धेरै पटक सगरमाथाको सफल आरोहण गरिसकेका एक अनुभवी र सम्मानित पर्वतारोही हुन्। उनले आफ्नो अनुभव साट्दै भने, “सगरमाथाको यो विशेष आरोहण जेके टायरको प्रेरणादायी यात्रा र उत्कृष्टताप्रतिको समर्पणलाई सम्मान दिन गरिएको थियो। विश्वको सर्वोच्च शिखरमा यो सम्मानित झण्डा फहराउन पाउनु मेरो लागि गर्वको विषय हो।”

यो अविस्मरणीय क्षणले जेके टायरको ‘शिखरसम्मको यात्रा’ भन्ने दर्शनलाई थप सार्थक बनाएको कम्पनीले जनाएको छ। यसले कम्पनीको निरन्तर प्रगति र उच्च लक्ष्य हासिल गर्ने प्रतिबद्धतालाई दर्शाउँछ।

You might also like

Comments are closed.