ओली-देउवा सहमति: राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल निश्चित 

काठमाडौँ । नेपाल राष्ट्र बैंकको आगामी गभर्नरमा काँग्रेस निकट मानिने विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको निर्णायक छलफलपछि पौडेलको नाममा सहमति जुटेको उच्च स्रोतले  जानकारी दिएको छ ।

यसअघि सत्ता साझेदार दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी काँग्रेसबीच गभर्नर नियुक्तिको विषयलाई लिएर मतभेद रहँदै आएको थियो, जसकारण नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको थियो ।

यो महत्वपूर्ण सहमतिसँगै आज  नै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको सिफारिस लगत्तै बस्ने मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने औपचारिक निर्णय गर्ने तयारी छ । योसँगै केन्द्रीय बैंकको नेतृत्व कसले सम्हाल्ने भन्नेबारेको अन्योलता अन्त्य हुने भएको छ ।

You might also like

Comments are closed.