सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौं । बुधबार बिहान काठमाडौंको सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। उक्त कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको उनले बताए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए ।

आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको डिएसपी थापाले बताए ।

You might also like

Comments are closed.