काठमाडौं । प्रभु बैंक र बागलुङको आईएलए कम्फर्ट होटल एण्ड रिसोट्सबीच ग्राहकहरुलाई विशेष छुट दिने गरि नयाँ सम्झौता भएको छ । प्रभु बैंकका ग्राहकहरूलाई विशेष लाभ प्रदान गर्न, र यस क्षेत्रमा उनीहरूको बसाइ तथा भोजनको अनुभवलाई अझ उत्कृष्ट बनाउन केन्द्रित बनाउने उद्धेश्यका साथ समझदारी भएको हो ।
समझदारी पत्रअनुसार प्रभु बैंकका ग्राहकहरुले छिट्टै लागू हुने गरी, आवासमा १५% छुट र खाना तथा पेय पदार्थमा १०% छुट पाउने छन् ।
प्रभु बैंक, नर्थन ब्यबसायिक केन्द्रका प्रमुख ब्यबसायिक केन्द्र अधिकृत राजु रानाका अनुसार, उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरूले आईएलए कम्फर्ट होटल एण्ड रिसोट्र्समा भुक्तानी गर्दा आफ्नो प्रभु बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, वा इन्टरनेट बैंकिङ्ग सेवाहरू प्रयोग गर्नुपर्नेछ ।
आईएलए कम्फर्ट होटल एण्ड रिसोट्र्स, बागलुङको केन्द्रमा अवस्थित, आधुनिक आराम र न्यानो आतिथ्यताको उत्तम मिश्रणका लागि परिचित छ, र यसले व्यवसायिक तथा आरामदायी दुवै प्रकारका यात्रुहरूलाई सेवा प्रदान गर्दछ । यो सहकार्यले प्रभु बैंक आफ्ना ग्राहकहरूलाई थप मूल्य प्रदान गर्न प्रतिबद्ध रहेको कुरालाई जोड दिने रानाले बताए ।
Comments are closed.