विश्व दूध दिवसमा नेपाल डेरी एसोसिएसनद्वारा अन्तरविद्यालय कविता प्रतियोगिता

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ११ औं विश्व दुध दिवसको अवसरमा “दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं” भन्ने मुल नाराका साथ सरोकारवाला सबैको सहयोगमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक उपत्यका स्तरीय अन्तर विद्यालय कविता प्रतियोगिता बुढानिलकण्ठ वडा नं ९ स्थित ब्रेनल्याण्ड स्कुलमा यहि २०८२ जेठ १३ गते आयोजना हुन गइरहेको छ ।

११औं विश्व दुध दिवस यस पटक “ Let’s Celebrate the Power of Dairy” अन्तर्राष्ट्रिय नारा सहित यस पटक जेष्ठ १८ अर्थात जुन १ तारिक राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रिय स्थरमा माननीय कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननीय मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रम सहित मनाउने कार्यक्रम रहेको छ भने यस दिन विश्वभरी नै दुध मनाइन्छ ।

यसै सन्दर्भमा नेपाल डेरी एसोसिएसनले पनि उपत्यकव्यापी विद्यालयस्तरी कविता प्रतियोगिता आयोजना गर्न गईरहेको हो । विद्यालय स्तरका विद्यार्थीहरुमा दुध तथा दुग्धजन्य पदार्थको मौलिक तथा शारिरीक महत्व, आवश्यकता र मानव स्वस्थका लागि यसका उपयोगिताका बारेमा जानकारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बाल बालिकाको अन्तर प्रतिभा प्रस्फुटनका लागि कविता प्रतियोगिता आयोजना गरिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहलले बताए ।

प्रतियोगितामा करीब ३० वटा विद्यालय सहभागी रहने अपेक्षा आयोजकले राखेको छ भने प्रतियोगिता एसोसिएसनले विगत ५ वर्ष देखि आयोजना गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.