महासंघका अध्यक्ष र राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग कार्यकारी निर्देशकबीच छलफल

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालीसँग भेटी छलफल गरेका छन् ।

भेटमा “सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि, २०६८” मा वर्तमान परिस्थितिका आवश्यकता र चुनौतीहरूलाई मध्यनजर गर्दै कार्यविधिको संशोधन तथा परिमार्जन गरिनुपर्नेमा विशेष छलफल भएको थियो ।

छलफलका क्रममो हाल कार्यविधिमा उल्लेख भएअनुसार वाणिज्य बैंकमार्फत स–साना परिणाममा सुन आयातको व्यवस्था रहे पनि यसको प्रभावकारी कार्यान्वयन नहुनु, सुनको मूल्यमा अत्यधिक उतारचढाव हुनु, व्यवसायीहरूलाई समयमै तथा पर्याप्त मात्रामा सुन उपलब्ध नहुनु लगायतका समस्या उठान गरिएको थियो ।

महासंघले प्रस्तुत गरेको सुझावअनुसार, सुनको आयात प्रणालीलाई अझ पारदर्शी, व्यावहारिक, न्यायोचित र व्यवसायीमैत्री बनाउन आवश्यक नीतिगत संशोधनहरू गर्ने विषयमा नेपाल राष्ट्र बैंक सकारात्मक रहेको प्रतिक्रिया प्राप्त भएको महासंघले जनाएको छ ।

अध्यक्ष किसान सुनारले कार्यकारी निर्देशकलाई महासंघद्वारा प्रकाशित सुनचाँदी तथा आभुषण व्यवसायमा आवश्यक पर्ने कानुनी तथा नीतिगत आधार समेटिएको “आभूषण व्यवसायमा कानूनी व्यवस्था” नामक पुस्तक हस्तान्तरण समेत गरेका थिए ।

You might also like

Comments are closed.