काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरी आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिलाई आगामी बजेटका मुख्य विशेषताहरू र प्राथमिकताहरूबारे जानकारी गराएका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ। सोही तयारीका सन्दर्भमा र परम्पराअनुसार अर्थमन्त्रीले राष्ट्रप्रमुखलाई बजेटका विषयवस्तुबारे जानकारी गराएका हुन् ।
Comments are closed.