आज रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । भोलि जेठ २६ गते कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

सोही अनुसार आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

You might also like

Comments are closed.

Secret Link