‘स्टक पिचिङ प्रतियोगिता २०२५’ का विजेता बने एनटिएचएमसी का विद्यार्थी

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM), फाइनान्स क्लबले ८ जुन, २०२५ मा पोखरा विश्वविद्यालय हलमा प्रादेशिक स्तरको स्टक पिचिङ प्रतियोगिता आयोजना गरेको थियो।

८ विभिन्न कलेजका ८ टोलीले भाग लिएको सो प्रतियोगिता मा NTHMC का व्यवसाय व्यवस्थापनका विद्यार्थीह मोनिका लालचन BBA ८ औं सेमेस्टर, दुर्गा नेपाल,  BBA७ औं सेमेस्टर, गोपाल मश्राइंगी BBA-BI८ औं सेमेस्टर र सुजन लामिछाने BBA-BI ८ औं सेमेस्टरले प्रतियोगिता जितेका थिए।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विजेता विद्यार्थीलाई बधाई दिँदै अन्तिम प्रतिस्पर्धाको लागि शुभकामना व्यक्त गरे। सिकाइ कहिल्यै समाप्त हुँदैन र आजको संसारमा पाठ्यक्रम पुस्तकहरूसँगै फराकिलो आयामीय ज्ञान हुनु आवश्यक छ उनले भने । उनले विद्यार्थीहरूले राष्ट्रिय तथा विश्वव्यापी रूपमा आयोजना हुने कुनै पनि प्रकारका समसामयिक कार्यक्रमहरूमा प्रतिस्पर्धा गर्न र भाग लिन प्रोत्साहित गरे ।

जुनको अन्त्यमा अन्तिम राष्ट्रिय प्रतियोगिता आयोजना गरिने छ, जहाँ सबै प्रदेशका विजेताहरूले काठमाडौँमा प्रतिस्पर्धा गर्नेछन्। कलेजले प्रतियोगिताको लागि विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने मन्दिप पुरीलाई धन्यवाद दिएको छ ।

You might also like

Comments are closed.