महिला उद्यमी सुरुची खड्कालाई ललितपुर महानगरको सम्मान

ललितपुर । ललितपुर महानगरपालिकाले दोस्रो महिला उद्यमी सम्मेलन-२०८२ को अवसरमा आमाज कृयशन ललितपुरकी सञ्चालक सुरुची खड्कालाई ‘महिला उद्यमीको विशेष सम्मान’ प्रदान गरेको छ ।

स्थानीय तहभित्र महिला नेतृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा आफ्ना उद्यमी प्रयासमार्फत सामाजिक रूपान्तरणमा योगदान पु¥याउँदै आएकी खड्कालाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।

‘आफ्ना उद्यम व्यवसायमार्फत सफल महिला रूपमा स्थापित हुँदै क्षेत्रगत रूपमा प्रेरणाको स्रोत बन्न सफल भएकी’ भन्दै महानगरपालिकाले हार्दिक बधाईसहित सम्मान प्रदान गरेको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ लगायतले उनलाई सम्मान गरे ।

महानगरपालिकाले आगामी दिनमा पनि महिला नेतृत्वलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.