विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपालमा, के के छन् विशेषता ?

काठमाडौं । विश्वभर आफ्नो आकर्षक डिजाइन, स्मार्ट प्रविधि र विद्युतीय गाडीको क्रान्तिमा अगाडि रहेको बीवाईडी (BYD) डल्फिन अब नेपालमा पनि उपलब्ध भएको छ। चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले उत्पादन गरेको यो गाडीले नेपाली बजारमा समेत नयाँ उत्साह सिर्जना गरेको छ।

BYD DOLPHIN न केवल पर्यावरणमैत्री, तर प्रविधिमैत्री, आरामदायी र स्मार्ट सुरक्षा प्रणालीले भरिएको अत्याधुनिक ईभी (इलेक्ट्रिक भेहिकल) हो। नयाँ भर्सनमा थपिएको स्मार्ट फिचर तथा आधुनिक डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ।

सुरक्षाको व्यावस्था

बीवाईडी डल्फिनमा Advanced Driver Assistance System (ADAS) समावेश गरिएको छ, जसले यात्रालाई सुरक्षित बनाउँछ ।

३६० डिग्री Surround View Camera, Blind Spot Detection (BSD), Automatic Emergency Braking (AEB), Rear Cross Traffic Alert (RCTA), Lane Departure Warning (LDW), Adaptive Cruise Control (ACC), High Beam Assist (HBA) यी सुविधाहरूले नेपाली सडकमा चल्दा दुर्घटनाको जोखिम न्यून गर्छन्।

 रंग र स्टाइलको विविधता

ग्राहकको रोजाइअनुसार BYD DOLPHIN तीन आकर्षक रङहरूमा उपलब्ध छ ।

Urban Grey, Ski White, Atlantic Grey तीनै भर्सनमा ग्रे र ब्ल्याकको आधुनिक इन्टेरियर संयोजन गरिएको छ।

प्रविधिमा क्रान्ति: इन्टेरटेन्मेन्ट र स्मार्ट सुविधा

गाडीमा यात्रुहरूको लाइफस्टाइललाई ध्यानमा राख्दै थुप्रै प्रविधिहरू समावेश गरिएको छ।

१२.८ इञ्चको Rotating Touch Screen, NFC/Keyless Entry कार्ड सिस्टम, Type A र C सहित ४ वटा USB पोर्टहरू, Noise-Free Speaker System, Sustainable Vegan Leather Seats, Flat-Floor Comfortable Rear Space, V2L (Vehicle to Load) सुविधा,  गाडीबाट अन्य विद्युतीय उपकरण चार्ज गर्न मिल्ने — अफ-ग्रिड क्याम्पिङ वा आकस्मिक कामको लागि उपयोगी।

विद्युतीय शक्ति र दिगोपनतर्फको यात्रामा नयाँ मोड

BYD DOLPHIN ले आधुनिक ई-प्लेटफर्ममा आधारित रहेर उत्पादन गरिएको हो जसले गाडीलाई हलुका, छरितो र कुशल बनाउँछ। नेपालजस्तो पहाडी भूगोलमा पनि यसको परफरमेन्स सन्तोषजनक देखिएको छ।

नेपालमा विद्युतीय सवारीको माग तीव्र रूपमा बढिरहेको सन्दर्भमा BYD DOLPHIN ले स्मार्ट, सुरक्षित र पर्यावरणमैत्री गाडीको नयाँ विकल्प दिएको छ। अन्तर्राष्ट्रिय स्तरमा सफल यस मोडलको नेपाली भर्सनले पनि शहरी तथा अर्धशहरी क्षेत्रमा विद्युतीय क्रान्तिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.