पाल्पा। रामपुर नगरपालिका पाल्पाको आइतवार १७ औ नगर सभा सुरु भएको छ । नगर सभाका अध्यक्ष नगर प्रमुख रणबहादुर थापाले उद्घाटन गरेका हुन् ।
नगर प्रवक्ता कपिलबहादुर खाणकाे स्वागतबाट सुरु भएको नगर सभाकाे संचालन याेजना शाखा प्रमुख बिक्रम बस्नेतले गरेका छन् । नगर सभाकाे १७ औ अधिवेशन आह्वान गरेको पत्रकाे व्यहाेरा सभामा वाचन गरेर प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी गराएका छन् ।
नगर सभामा नगर प्रमुख थापाले आगामी आर्थिक वर्षकाे वार्षिक नीती तथा कार्यक्रम र नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक ऐन र विनियोजन बजेट प्रस्तुतिकरण सम्बन्धि पेश गर्ने कार्यसुचि रहेको छ ।
Comments are closed.