अन्तर्राष्ट्रियस्तरको शिक्षामा प्रतिबद्धता पोखराको टप्स मावि

पोखरा । गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५० सालमा पोखरा १० बुद्धचोकमा स्थापना भएको विद्यालय हो टप्स माध्यमिक विद्यालय । हाल नयाँ व्यवस्थापनका साथ विद्यालय संचालनमा आएको छ । विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्यापन हँदै आएको छ ।

कक्षा ११, १२ मा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा पढाई भइरहेको छ । विद्यार्थीको व्यक्तिगत, बौद्धिक र सामाजिक विकासको सुनिश्चित गर्दै विद्यार्थीको आवश्यकता पुरा गर्नेगरी सिकाई प्रदान गर्ने विद्यालयको लक्ष्य रहेको अध्यक्ष बलबहादुर थापा बताउँछन् । थापाको नेतृत्वमा विद्यालय सञ्चालन भइरहेको छ । शिक्षा क्षेत्रमा लामो समयको अनुभव संगालेका अनुभवी व्यक्तिहरुको व्यवस्थापनमा विद्यालय सञ्चालन भएपछि विद्यार्थी तथा अभिभावकको आकर्षण थप बृद्धि भइरहेको अध्यक्ष थापा बताउँछन् ।

निकट भविष्यमा नेपाल तथा विदेशमा रहेका उत्कृष्ट विद्यालयमा विद्यार्थी आदानप्रदान गर्ने लक्ष्य पनि विद्यालयको छ । विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने भिजनसहित विद्यालय अगाडि बढेको छ । विद्यार्थीलाई जिम्मेवार तथा इमान्दार बनाउनुका साथै एक अर्काप्रति सम्मान तथा नम्रताको भावना जगाउने मिसन विद्यालयको छ ।

शैद्धान्तिकसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षा

अनुभवि तथा दक्ष शिक्षकद्वारा अध्यापन हुने विद्यालयमा शैद्धान्तिकसँगै व्यवहारिक तथा प्रयोगात्मक शिक्षा प्रदान गरिन्छ । सुविधा सम्पन्न भौतिक संरचनामा स्तरीय कक्षाकोठा, प्रविधिसहितको ल्याव, पर्याप्त खेलकुद मैदान छ । डे होस्टेलसँगै विद्यार्थीको सुविधाका लागि यातायातको सुविधा छ भने स्वच्छ तथा स्वस्थ खाना तथा खाजाका लागि क्यान्टिन पनि छ । इलाइब्रेरीको सुविधा पनि छ ।

‘औपचारिक शिक्षासँगै हामी आलोचनात्मक सोच, भावनात्मक बुद्धिमत्ता र समस्या समाधान गर्ने सीपहरू विकास गर्नमा ध्यान केन्द्रित गर्छौं जसले हाम्रा विद्यार्थीलाई आत्मविश्वासी र दयालु बन्न प्रेरित गर्छ,’ विद्यालयका अध्यक्ष थापाले भने, ‘उच्च स्तरीय संकाय, आधुनिक पूर्वाधार र जिवन्त सिकाइ वातावरणको साथ अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्दै आइरहेका छौं ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नसक्ने विद्यार्थी विद्यालयले उत्पादन गरिरहेको थापा बताउँछन् ।

टप्समा, विद्यार्थीलाई प्रेरणा प्रदान गर्दै सुसंस्कृत व्यक्ति बन्न मार्गदर्शन गर्ने मूल्य तथा मान्यता स्थापित गर्न आफूहरु लागिपरेको प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटी बताउँछन् । ‘समग्र शैक्षिक अनुभवलाई बढावा दिने हाम्रो प्रतिबद्धता पाठ्यपुस्तक र परीक्षाको घेरामा मात्र सीमित रहदैन, औपचारिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्छौं’ उनले भने ।

विद्यालयले विद्यार्थीलाई सामाजिक, भावनात्मक र नेतृत्व कौशल विकास गर्न पनि सहयोग गर्दै आएको छ बताउँदै उनले भने, ‘विद्यार्थीलाई आत्मविश्वासका साथ चुनौतीहरू सामना गर्न सशक्त बनाउँछौं ।’

विद्यार्थीको ज्ञान, क्षमता तथा दक्षता प्रदान गर्न विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरू, खेलकुदका गतिविधि तथा सामुदायिक सेवा परियोजना संचालन गर्दै आएको छ । विद्यार्थीलाई शैक्षिक प्रोजेक्ट वर्क, फिल्ड भिजिट मार्फत पनि शिक्षा प्रदान गरिरहेको छ । प्रविधिमैत्री शिक्षामा जोड दिदै आधुनिक र व्यवहारिक शैलीमा पठनपाठन गराउन विद्यालय सफल छ । विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि विद्यालयले गर्दै आएको छ ।

कक्षा ११ मा विद्यार्थीको आकर्षण बढ्ने विश्वास

अनुभवी शैक्षिक व्यक्तिहरुको नेतृत्वमा सञ्चालित टप्स माविमा कक्षा ११ मा विद्यार्थीको आकर्षण बढ्ने विश्वास विद्यालयले लिएको छ । पोखराको बुद्धचोकमा शान्त वातावरणमा सञ्चालित विद्यालयमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा भर्ना खुलेको छ । सुन्दर, शान्त तथा पारिवारिक वातावरणमा सञ्चालन भएको विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गरिहेकाले पनि विद्यार्थीहरु आकर्षित हुने अध्यक्ष थापा बताउँछन् । ‘विद्यार्थीको सुन्दर भविष्य निर्माणमा हामी सारथी बन्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.