रिजल्टमा फिष्टेल एकेडेमी (आइबि वर्ल्ड स्कुल पोखरा) को उत्कृष्ट सफलता

पोखरा । गण्डकी प्रदेशको एकमात्र प्रगतिशील (आइबी प्रेरित) विद्यालय फिष्टेल एकेडेमीले एसईई २०८१ को नतिजामा पुनः एकपटक आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ । २९ जना विद्यार्थीमध्ये अश्विन चालिसे, लसता कर्माचार्य, प्रतिज्ञा चौधरी र सयुज्या हमालले ४ जीपीए हासिल गरेका छन् । बाँकी सबै विद्यार्थीले ए प्लस र ए ग्रेड प्राप्त गरेका छन् ।

आफ्नो प्रगतिशील शैक्षिक दर्शन अनुरूप, फिष्टेल एकेडेमीले शिक्षालाई समग्र विकाससँग जोड्दै गतिविधिमूलक शिक्षण, सहपाठ्यक्रम (सिसिए) र अतिरिक्त क्रियाकलाप (इसिए) मा विशेष ध्यान दिँदै आएको छ । विद्यार्थीको व्यक्तिगत, सामाजिक र शैक्षिक विकासमा केन्द्रित हुँदै विद्यालयले उत्कृष्ट शैक्षिक स्तरलाई निरन्तरता दिँदै आएको छ अध्यक्ष चिनु रानाभाट बताउँछन् ।

नेपालका सीमित प्रगतिशील विद्यालयहरूमध्ये, फिष्टेल एकेडेमी पोखराले शैक्षिक उपलब्धि र कक्षा भित्र र बाहिरको विद्यार्थी संलग्नताबीच सन्तुलन कायम राख्न सफल छ । धेरैजसो प्रगतिशील विद्यालयहरू सहगतिविधिमा केन्द्रित हुँदा शैक्षिक नतिजामा कमजोरी देखिने गरेको पाइन्छ । तर, फिष्टेल एकेडेमीले दुवै पक्षमा उत्कृष्टता देखाउँदै समुदायको अपेक्षा अनुसारको प्रदर्शन गर्दै आएको छ ।

‘यो उपलब्धि केवल फिष्टेल एकेडेमीकै गर्वको विषय नभई सम्पूर्ण पोखरा र गण्डकी प्रदेशकै शान हो । यो विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता, समुदायप्रतिको उत्तरदायित्व, र समग्र विकासको दृष्टिकोणलाई प्रष्ट रूपमा उजागर गर्छ,’ रानाभाटले भने ।

कक्षा ११ मा पनि कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । पोखरामै पहिलो पटक आइबी स्कुलबाट पठन पाठन सुरु गर्न फिस्टेल सफल छ । उत्कृष्ट तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि फिस्टेल उपयुक्त गन्तव्य बनेको छ । फिस्टेलमा प्लस टुतर्फ साइन्स र म्यानेजमेन्टको पढाइ हुन्छ ।

You might also like

Comments are closed.