डी.ए.भी. कलेजः उत्कृष्टता, संस्कार र भविष्यको सिर्जना

नेपालमा गुणस्तरीय शिक्षाको अभाव रहेको समयमा, मौलिक संस्कृतिको संरक्षण र विश्वस्तरीय शिक्षाको संयोजन गर्ने उद्देश्यका साथ दयानन्द एंग्लो वेदिक (डी.ए.भी.) गुठी नेपालमा स्थापित भयो । यस्तै सोच र साझा उद्देश्यका आधारमा डी.ए.भी.बाट नेपालको एक प्रतिष्ठित व्यापारिक समूहसँग सहकार्य गर्दै डी.ए.भी. सुशील केडिया विश्व भारती स्कुल स्थापना भयो ।

स्कुलको एक दशक लामो सफल शैक्षिक यात्रापछि, संस्थाले उच्च शिक्षामा पनि आफ्नो छाप छोड्ने उद्देश्यका साथ सन् २००३ मा डी.ए.भी. कलेजको स्थापना ग¥यो । आज यो कलेजले उच्च शिक्षा क्षेत्रमा मात्र होइन, समाज र संस्कृतिको क्षेत्रमासमेत नयाँ मानक स्थापना गरेको छ ।

नेपाली संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै विद्यार्थीलाई विश्वव्यापी नागरिक बन्न प्रेरित गर्ने दृष्टिकोणका साथ कलेज अगाडि बढेको छ । कलेजले विद्यार्थीलाई केवल नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा र सीप प्रदान गरिरहेको छ ।

जीवनोपयोगी सीप विकास गर्दै नवीन सोच र सिर्जनात्मकतामा आधारित शिक्षालाई प्रवद्र्धन गर्ने, दिगो विकासका लागि उद्यमशील नेतृत्व तयार गर्ने र नेपाली मूल्य–मान्यताहरूलाई मजबुत बनाउने लक्ष्यका साथ कलेज अगाडि बढेको छ । विद्यार्थीलाई अनुकूलन, सुधार र उत्कृष्टता हासिल गर्न सक्षम बनाउने सीप र आत्मबल प्रदान गर्ने उद्देश्यका साथ कलेज अगाडि बढेको छ ।

डी.ए.भी. कलेजले केवल किताबी ज्ञानलाई मात्र केन्द्रमा राख्दैन, यसको उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकास गर्नु हो । यहाँ अध्ययन गर्ने हरेक विद्यार्थीले शैक्षिक, नैतीक, सांस्कृतिक र सामाजिक पक्षमा समान रूपमा सशक्त हुने मौका पाउँछन् ।

प्लस टुमा साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज फ्याकल्टीको अध्यापन हुँदै आएको कलेजमा दक्ष तथा अनुभवी प्राध्यापकले अध्यापन गर्दै आएका छन् । कलेजमा विद्यार्थीलाई केवल किताब पढाउने मात्र होइन, जीवनका व्यवहारिक पाटोहरू बुझाउन पनि ध्यान दिइन्छ । विद्यार्थीलाई वास्तविक संसारसँग जोड्नका लागि औद्योगिक भ्रमण, क्षेत्र भ्रमण, अनुसन्धानमूलक प्रतिवेदन लेखन, र प्रस्तुतीकरण जस्ता गतिविधिहरू नियमित सञ्चालन हुने गरेका छन् ।

इन्जिनियरिङ र मेडिकल क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारीका लागि प्रि–इन्जिनियरिङ र प्रि–मेडिकल कक्षाहरू सञ्चालन हुने गरेका छन् । कलेजले निरन्तर मूल्यांकन प्रणालीमार्फत विद्यार्थीको प्रगति नियमित रूपमा मापन गर्दै आवश्यक सुधार र मार्गदर्शनको दिदै आएको छ । साथै, अतिरिक्त कम्प्युटर शिक्षा, योग तथा ध्यान, र सांस्कृतिक कार्यक्रम हुने गरेका छन् जसले विद्यार्थीलाई मानसिक र शारीरिक रूपमा स्वस्थ तथा सन्तुलित बनाउन मद्दत पुर्याउँछ ।

कलेजको सुविधायुक्त पुस्तकालयमा हजारौं पुस्तक, जर्नल र अनुसन्धान सामग्रीहरू उपलब्ध छन् । यसले विद्यार्थीलाई स्वतन्त्र अध्ययन र अनुसन्धानको अवसर प्रदान गर्दै आएको छ । आकर्षक, मैत्रीपूर्ण र प्रेरणादायी वातावरण रहेको यस कलेजमा विद्यार्थीले केवल शैक्षिक ज्ञान मात्र लिदैनन् आत्मबल, नेतृत्व, र सहकार्य गर्ने क्षमतासमेत विकास गर्छन् । प्रविधिको युगसँग कदम मिलाउँदै कलेजले इमेल, इन्टरनेट, र अत्याधुनिक कम्प्युटर ल्याब जस्ता सुविधा पनि प्रदान गरेको छ ।

कलेजमा मेहेनती र प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति र पुरस्कारको व्यवस्था समेत छ । यसले उनीहरूलाई थप मेहनत गर्न र उत्कृष्टता हासिल गर्न उत्प्रेरित गर्छ । अभिभावक–शिक्षक सहकार्य पनि कलेजको अर्को बलियो पक्ष हो । नियमित अन्तरक्रिया तथा परामर्शमार्फत कलेजले अभिभावकलाई विद्यार्थीको प्रगति र अवस्था वारे जानकारी दिदै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.