स्वास्थ्य बीमाले दुई लाखसम्मको उपचार खर्च दिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई दुई लाखसममको उपचार सेवा दिने भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका नागरिकले साउन १ गतेदेखि उपचार सुविधा पाउने भएका छन् ।

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सामाजिक सन्जाल फेसबुकमा आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताएका हुन् । ‘कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू  हुनेछ’, लेखेका छन् ।

अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले रु दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हालसम्म रु एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।

यसअघि सरकारले बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिनसक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.