काठमाडौं । चीनको तिव्बतस्थित लेन्देखोलामा अकल्पनीय रुपमा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्याङ्कन कार्य सुरु गरिएको छ । चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ । नेपालतर्फ पनि रसुवागढी जाने नाकामा ठूला तथा हेभि इक्युपमेण्टमार्फत सडक तथा विध्वंस भएका अन्य संरचनाको पुननिर्माण कार्य भइरहेको छ ।
अकल्पनिय रुपमा आएको मंगलवार लेन्देखोलामका आएको बाढीबाट पुल, जलविद्युत, यातायात, भन्सार तथा विद्युतीय गाडीमा विध्वंस मच्याएको हो । बाढीले सयौं रोपनी जमिन कटान गरेको छ ।
छिमेकी चीनले रसुवागढी नाकामा रहेको स्थानमा बाढीले गरेको फोहोर हटाउने र पन्छाउने कार्य गरिरहेको छ । चीनका तर्फवाट नेपाली अधिकारीसँग समन्वय गरी बाटो तथा पुल निर्माणका सम्वन्धमा शुक्रवार चासो व्यक्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।
अधिकारीका अनुसार चीनले पहिलो चरणमा रसुवागढी नाकाको पहिरो व्यवस्थापन गरिरहेको छ । समय मिलाएर बेलिब्रिजसमेत राख्ने आशययुक्त जानकारी नेपाली पक्षलाई आएको अधिकारीले बताए ।
रसुवागढी नाका हुँदै नेपालतर्फ आएका सामानहरुको दैनिक रुपमा न्युनतम एक करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन हुँदै आएको थियो । बाढीग्रस्त स्थानमा नेपाली सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुलेसमेत स्थलगत अनुगमन गरिरहेका छन् ।
रसुवागढी नाका जाने सडक जहाँ बाढीले निकै क्षति गरेको स्याफ्रुवेशी–रोङ्गा–टिमुरे–रसुवागढी सडकखण्डको पुननिर्माण तथा मर्मतका लागि सडक आयोजना, डिभिजन सडक, यान्त्रिक कार्यालय नुवाकोटसँग समन्वय गरि हाल तीन थान वटा जेसिभि, एक थान ब्रेकर तथा जनशक्ति ब्यवस्थापनको काम तिव्रताका साथ भइरहेको जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोकनाथ घिमिरेले बताए ।
उनका अनुसार रसुवागढी नाका जोड्ने उक्त सडक बढीमा एक हप्ताभित्र अस्थायी सडक सुचारू हुने गरी काम भइरहेको छ । बाढीबाट भएको क्षतिको विवरण नेपाल पक्षले संकलन गरिरहँदा मित्रराष्ट्र चीनतर्फ पुनःनिर्माण कार्य थालिएको छ ।
बाढीबाट रसुवागढी नाका तथा विद्युत र पूर्वाधारमा अर्बौँको क्षति भएको छ । बाढीमा परेर तीन जना सुरक्षाकर्मीसहित २० जना हराइरहे पनि हालसम्म एक जनाको शव फेला परेको छ । बाढीमा वेपत्ता भएका दुई प्रहरी, ६ जना चिनीया र अन्य नेपाली चालक र कामदारसहित १९ जनाको पहिचान भएको छैन । जसमा १२ जना नेपाली र ६ जना चिनियाँ छन् ।
Comments are closed.