नाइमा अटो शो २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन बजारमा क्रान्तिकारी परिवर्तन ल्याउने लक्ष्यसहित याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नाइमा अटो शो २०२५ मा बहुप्रतीक्षित भेलक्स सिरिज सार्वजनिक गर्ने भएको छ। तीन फरक विशेषता र प्रयोगकर्ता समूहलाई लक्षित गर्दै ल्याइएका VELAX Fast Charging, VELAX U: Ultra Performance, र VELAX H: High Performance मोडेलहरू पहिलो पटक यही शोमा सार्वजनिक गरिनेछ।

ब्यस्त शहरी जीवनशैली अपनाउने प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो स्कुटरले ७६V ३०Ah LFP ब्याट्री सहित ११० किमी रेञ्ज प्रदान गर्छ । मुख्य विशेषता भनेको – २० मिनेटमै ८०% चार्ज हुने क्षमता, जुन डेलिभरी सेवा, अफिस यात्रु र समयको महत्त्व बुझ्ने प्रयोगकर्ताका लागि आदर्श विकल्प हो । यसमा रहेको ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क ले द्रुत र भरपर्दो अनुभव सुनिश्चित गर्छ ।

स्कुटरमा पनि उच्च प्रदर्शन खोज्ने उत्साहीहरूका लागि ल्याइएको YADEA को यो प्रमुख मोडेलमा डुअल ७४V २०Ah ब्याट्री प्रणाली प्रयोग गरिएको छ, जसले १४० किमी सम्म रेञ्ज दिन्छ । ४९००W पावरफुल मोटर, ८० किमी/घण्टा गति, र १७६ N·m टर्क सहित VELAX U ले इलेक्ट्रिक स्कुटरको परम्परागत परिभाषालाई नै चुनौती दिन्छ।

दैनिक यात्रुका लागि सहज, भरपर्दो र किफायती मूल्यमा उपलब्ध YADEA VELAX H मा ७२V ३०Ah ब्याट्री दिइएको छ, जसले १०० किमी रेञ्ज सुनिश्चित गर्छ । ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क सहित, यो मोडेल ‘High Performance’ को सस्तो र भरपर्दो समाधान हो ।

YADEA को यो नयाँ VELAX सिरिजले नेपाली इलेक्ट्रिक मोबिलिटी बजारमा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ। प्रदर्शन, द्रुत चार्जिङ्ग, र बजेटमैत्री विकल्पहरू एकै सिरिजमा उपलब्ध गराएर YADEA ले ग्राहकलाई स्मार्ट र वातावरणमैत्री यात्रा अनुभव प्रदान गर्न खोजेको छ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.