काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजमा ‘टेक्सास ह्याकाथन – २०२५’ सुरु भएको छ । बिएससी सिएसआइटी र बिसिए कार्यक्रमका विद्यार्थीहरू मिलेर बनेका १० टोलीहरू प्रतिस्पर्धामा सहभागी भएका छन् ।
प्रतियोगिताका बिजेता टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान हुनेछ ।
विद्यार्थीको व्यावसायिक विकास र अनुभवमा आधारित सिकाइमा केन्द्रित रही टेक्सास कलेजले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको छ । वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता र उद्योगसँग सम्बन्धित सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।
Comments are closed.