कस्मेटिक क्षेत्रमा पछिल्लो समय धेरै प्रडक्टहरु बजारमा आइरहेका छन् । विशेष गरी मानिसको सौन्दर्यसँग सरोकार राख्ने र छालासँग प्रत्यक्ष जोडिने भएकाले पनि सौन्दर्य प्रडक्टहरु बढी संवेदनशील हुन्छन् । सौन्दर्य तथा छालाको सुरक्षाका लागि बजारमा आएका विविध प्रडक्ट मध्ये ‘जेरोना डर्मा’ पनि एउटा प्रडक्ट हो । जेरोना वेलनेस प्रालिले हालैमात्रै नेपाली बजारमा उपलब्ध गराएको यो प्रडक्टका सन्दर्भमा कम्पनीमा सञ्चालक दुर्गाराज श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः
जेरोना डर्मा कम्पनीका सामानलाई उपभोक्ताले कत्तिको मन पराउनु भएको छ ?
बिगत दुई दशकदेखि म कस्मेटिक्स व्यवसायमा आबद्ध छु । कस्मेटिक्स व्यवसायको मेरो लामो अनुभवले पनि मैले बजारमा राम्रो प्रडक्ट ल्याउन सफल भएको छु । अहिले बजारमा जेरोना डर्मा कम्पनीका उत्पादनहरु उपभोक्ताले मन पराइरहनु भएको छ । गुणस्तरीय उत्पादनका सामग्री भएकाले छोटो समयमा नै बजारमा जेरोना डर्माबाट उत्पादित वस्तु उपभोक्ताको रोजाईमा परेको छ ।
सामान गुणस्तरीय छ भनेर कसरी विश्वास गर्ने ? यसमा उपभोक्ताको मन जित्ने आधार के छ ?
हामीले नेपाली उपभोक्ताको छालालाई मध्यनजर गर्दै अनुसन्धान गरेर मात्रै जेरोना डर्मा ब्राण्डलाई बजारमा उपलब्ध गराएका हौं । नेपाली डर्माटोलोजिस्ट, ब्युटिसियन र मेरो आफ्नो कार्यानुभवलाई अनुसन्धान गरेर मात्र बजारमा सामान ल्याएका हौं । कुन किसिमको वस्तुले छालालाई तन्दुरुस्त र सौन्दर्य बनाउन सक्छ भन्ने हिसाबले अनुसन्धान गरेर यो वस्तु बजारमा ल्याइएको हुँदा ग्राहक यसमा अलमलमा पर्न पर्दैन । उपभोक्ताको छाला सुहाउँदो गुणस्तरीय वस्तु उपलब्ध गराउने कार्य भइरहेको छ । नेपाली उपभोक्ताको छालालाई कुन वस्तु सुहाउँछ र त्यसले सौन्दर्य गर्न सक्छ भन्ने अनुभवको आधारमा कम्पनीले सामान उत्पादन गर्ने गरेको छ । कम्पनीले नेपालीको छाला सुहाउँदो खालका वस्तु ल्याउने भएको हँुदा ढुक्क भएर उपभोक्ताले खरिद गर्न सक्नुहुनेछ ।
हाल कम्पनीबाट उत्पादित कती र के–कस्ता सामान बजारमा आएका छन् ?
कम्पनीले हाल उपभोक्ताको छाला सम्बन्धित १० वटा उत्पादनहरु बजारमा ल्याएको छ । सनस्क्रिम, फेसवास, किलिङ्जर, सिरम र डे नाइट जस्ता क्रिमहरु जेरोना डर्मा कम्पनीको उत्पादन बजारमा उपलब्ध छन् । हामीले नेपाली उपभोक्ताको छाला सुहाउँदो खालका गुणस्तरीय वस्तु उत्पादन गरेका छौँ ।
नेपालका कुन–कुन शहरमा जेरोना डर्मा कम्पनीका उत्पादन उपलब्ध छन् ?
नेपालका ठूला सबैजसो शहरमा सामान पुगेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, पोखरा, चितवन, हेँटौडा, बिरगञ्ज, इटहरी, दमक, बिर्तामोड, बिराटनगर, बुटवल, नेपालगञ्ज, धनगढी र दाङ तुल्सीपुर लगायतका बजारमा कम्पनीका सामान उपलब्ध छन् । अन्य शहरमा पनि उपलब्ध हुनेछन् ।
बजारमा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले सामानको खपत पश्चात सकारात्मक प्रतिक्रिया पाएका छौँ । बजारमा आएका अन्य सौन्दर्य सामग्री र जेरोना डर्मा कम्पनीबाट उत्पादित सौन्दर्य सामग्रीको बारेमा एक पटक प्रयोग गरेका उपभोक्ताले जानकारी पाइसक्नुभएको छ । छालालाई सधैं स्वच्छ र सौन्दर्य बनाउन यो जेरोना डर्मा कम्पनीको सामान अति राम्रो छ । सबै ग्राहकले यसको नियमित प्रयोग गर्न सक्नुहुनेछ
Comments are closed.