काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पोको टिकटिङ पार्टनर ‘खल्ती बाइ आइएमई’ बनेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २१ देखि २५ सम्म भृकुटी मण्डपमा एक्स्पो हुँदैछ ।
खल्ती टिकटिङ पार्टनर बनेसँगै एक्स्पोको टिकट बुकिङसमेत खुल्ला भएको नाइमाले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का र नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले टिकटिङ पार्टनरको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एक्स्पोमा प्रवेशका लागि २ सय रुपैयाँ टिकट शुल्क कायम गरिएको छ । विद्यार्थीका लागि सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।
अटोमोबाइल क्षेत्रमा भएका नविनतम प्रविधिहरुको अध्ययन तथा अवलोकनका लागि एक्स्पो महत्वपूर्ण अवसर बन्ने नाइमाले विश्वास लिएको छ ।
Comments are closed.