सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। साउन ४ गते, आइतबारको दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ, जसले बजारमा सक्रिय लगानीकर्ता र उपभोक्ताको चासो बढाएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबारको बजार मूल्यअनुसार चाँदी प्रतितोला २ हजार २८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार) मा २ हजार २८० रुपैयाँ रहेको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.