काठमाडौं । इन्फिनिक्स नेपालले नयाँ ‘HOT 60i’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। “The BABAAAL Phone” को रूपमा प्रचार गरिएको यस फोनले नेपाली प्रयोगकर्ताबीच उच्च चर्चा बटुल्दैछ। छिटो चार्ज, स्लिम डिजाइन र शक्तिशाली परफर्मेन्सले यो फोनलाई विशेष बनाएको छ।
HOT 60i का प्रमुख आकर्षणहरू:
45W फास्ट चार्जिङ र 5160mAh ब्याट्री – लामो समय टिक्ने ब्याट्रीले टेन्सन फ्री प्रयोग सुनिश्चित गर्छ।
Helio G81 चिपसेट – ४ वर्षसम्म पनि स्मूद चल्ने ग्यारेन्टी, नो ह्याङ, नो ड्रामा।
One-Tap Infinix AI – डिजिटल जीवनलाई सहज बनाउने स्मार्ट सहायक।
GyroPro नेभिगेसन – सटीक दिशासूचक सुविधा, लेन तहसम्मको जानकारी।
स्टाइलिस ट्रिपल क्यामेरा – उत्कृष्ट फोटोग्राफी अनुभव र आकर्षक डिजाइन।
7.7mm स्लिम बडी र कलर-पप लुक्स – ट्रेन्डी देखिने युवा-मैत्री डिजाइन।
उपलब्ध भेरिएन्टहरू र मूल्य:
6GB RAM + 128GB स्टोरेज – रु. १५,९९९
4GB RAM + 128GB स्टोरेज – रु. १४,९९९
– यो फोन अब देशभरका सबै Infinix आधिकारिक स्टोरहरूमा उपलब्ध छ।
Gen-Z लक्षित फोन:
Infinix HOT 60i विशेष रूपमा गेमिङ, क्रिएटिभ काम, फेसन र ट्रेन्डमा रमाउने युवाहरूका लागि डिजाइन गरिएको हो। स्टाइल, पर्फर्मेन्स र मूल्यको समायोजनले यो फोन युवा पुस्ताबीच लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
अतिरिक्त सुविधा:
१८ महिनाको वारेन्टी
१०० दिनभित्र एकपल्ट निःशुल्क स्क्रिन परिवर्तन सुविधा (पानी क्षति बाहेक)
“हाम्रो लक्ष्य सुलभ मूल्यमा उत्कृष्ट प्रविधि पुर्याउनु हो। HOT 60i डिजाइन, परफर्मेन्स र टिकाउ ब्याट्रीको उत्कृष्ट समिश्रण हो,” कम्पनीले जानकारी दिएको छ।
Comments are closed.