एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, डिजिटल भुक्तानीमा २०% छुट

काठमाडौं । एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच स्वास्थ्य सेवा तथा डिजिटल भुक्तानी प्रवर्द्धनका लागि सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गरेमा उक्त छुटको लाभ लिन सक्नेछन् ।

बैंकले यस सहकार्यमार्फत ग्राहकहरूलाई डिजिटल माध्यमबाट सुरक्षित, छरितो र भरपर्दो तरिकाले स्वास्थ्य सेवा उपयोग गर्न प्रेरित गर्ने विश्वास लिएको छ। साथै, देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने बैंकको रणनीतिलाई यस सम्झौताले थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

एनआईसी एशिया बैंकले स्वास्थ्य क्षेत्रसँगको सहकार्यलाई सामाजिक उत्तरदायित्वका रूपमा लिँदै ग्राहकलाई सुलभ सेवा र सुविधासम्पन्न उपचार पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिएको जनाएको छ । ग्राहकलाई सहज, सुरक्षित तथा किफायती स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यो सहकार्य डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा समेत महत्त्वपूर्ण कदम सावित हुनसक्ने देखिएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.