लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन भदौ २० र २१ गते

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन तथा साधारणसभा आगामी भदौ २० र २१ गते हुने भएको छ । संघको हालै बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तय गरेको महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

भदौमा हुने १५औं अधिवेशन तथा २९औं साधारणसभाले संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन मिति नजिकिएसँगै संघमा चुनावी अभियान तिब्र बनेको छ । व्यवसायीहरु दुई प्यानलसहित चुनावमा प्रतिस्पर्धाको तयारी गरेका छन् । संघका वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारीले प्यानलसहित अध्यक्षमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

उम्मेदवारहरुले घरदैलो अभियानसहित चुनावको प्रचारप्रसारलाई तिब्र बनाएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.