एनआरएन अध्यक्ष र एफएनसीसीआई अध्यक्षबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाका विषयमा छलफल भएको छ । अध्यक्ष श्रेष्ठले २०२५ अक्टोबर ११–१२ (असोज २५–२६२०८२) मा काठमाडौंमा गर्न लागेको समिट सफल पार्नका लागि महासंघ अध्यक्ष ढकाललाई भेटवार्ताका क्रममा आग्रह गरे ।

एनआरएनए आइसीसीको हालै बसेको पाँचौं वैठकले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई सफल पार्नका लागि एनआरएन डेको अवसरमा समिट गर्ने निर्णय गरेको थियो । श्रेष्ठले सम्मेलनले नीतिगत रूपान्तरणसरकारको लगानी प्रवर्द्धनप्रति प्रतिबद्धता तथा निजी क्षेत्रलाई सशक्त साझेदारको रूपमा उभ्याउने पहल गर्ने बताए ।

पछिल्लो समय सरकारले लगानीका लागि वातावरण बनाउन भन्दै गरेका कानुनी सुधारएकद्वार प्रणालीको कार्यान्वयनपूर्वाधार र ऊर्जा क्षेत्रमा साझेदारीको विस्तार तथा डिजिटलाइजेशन र सेवा प्रवाहमा भएको सहजताका प्रयासहरूले अन्तर्राष्ट्रिय तथा एनआरएन लगानीकर्ताहरूका लागि नेपाल आकर्षणको केन्द्र बन्न थालेको समेत बताए ।

सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवर्द्धनरोजगारी सिर्जना तथा औद्योगिकीकरणलाई सहयोगविज्ञान र प्रविधि स्थानान्तरणएनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको अध्यक्ष श्रेष्ठले बताएका थिए ।

सो अवसरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले एनआरएन लगानी सम्मेलनलाई निजी क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनआरएनहरूलाई नेपालमा दीगो रूपमा लगानी गर्ने तथा नीतिगत पहलहरूमासमेत साझेदारी गर्नका लागि आग्रह गरे । यसका लागि नेपालमै लगानीका पर्याप्त अवसरहरू प्रोजेक्ट पाइपलाइन तथा राम्रो प्रतिफलको अवस्था बनेको पनि बताए ।  

साथैउनले  उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे । यसमा एनआरएनहरू एकजुट भइ आउनु पर्ने सुझाव पनि दिए ।

अक्टोबरमा हुन लागेको सम्मेलनमा एनआरएन लगानीकर्तानेपाली लगानीकर्ताविकास साझेदारनेपाल सरकारका नीतिनिर्माता र सरोकारवाला निकायहरूको सहभागिता हुने जनाइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.