हामीले केवल गाडीहरू मात्र बेचेका छैनौं, एउटा सपना बेचेका छौं

यमुना श्रेष्ठ, प्रवन्ध निर्देशक, साइमेक्स इंक प्रालि

सन् २०१७ को त्यो दिन अझै मेरो मनमा ताजै छ । जब हामीले नेपालमा पहिलो पटक एउटा युनिट इभी (बिजुली गाडी) बिक्री गरेका थियौं । त्यो सानो सुरुवात आज एक हरित क्रान्तिको पहल बनेको छ ।

हामीलाई थाहा थियो – यो यात्रा सजिलो हुने छैन । तर, हामीले हार मान्ने रोजाइ कहिल्यै गरेनौं । त्यही आत्मविश्वास, त्यही संघर्ष र तपाईंहरूको साथ र विश्वासको कारण आज नेपालको इभी बजार हिस्सेदारी ७२ प्रतिशतमा पुगेको छ ।

मलाई लाग्छ, हामीले केवल गाडीहरू मात्र बेचेका छैनौं – हामीले एउटा सपना बेचेका छौं, एउटा सोच जगेर्ना गरेका छौं र एउटा दिगो भविष्य निर्माण गर्ने मन्दिर बनाउँदै आएका छौं । र आज, त्यस मन्दिरको अर्को पवित्र इँटा बनेर हामी ‘बीवाईडी सिलायन सेभेन’ यहाँहरूमाझ लिएर आएका छौं । यो केवल नयाँ मोडल होइन – यो हो हाम्रो उत्तरदायित्वको प्रतीक, यो हो हाम्रो पृथ्वीप्रतिको माया र यो हो हाम्रो सन्ततिप्रतिको बचन ।

जब संसार ग्लोबल वार्मिङ र प्रदूषणको चपेटामा छ, हामी चाहन्छौं कि एक स्वच्छ र स्मार्ट विकल्प सबै नेपालीले पाउन सकून् । सिलायन सेभने यही प्रतिबद्धताको अर्को कदम हो ।

म विश्वास गर्छु – एक गाडीले परिवर्तन ल्याउन सक्दैन, तर एउटा सोच, एउटा प्रतिबद्धता र तपाईंजस्तो साथीहरूको समर्थनले भने सक्दछ ।

सिलायन सेभेनको बिक्री शुरुवातसँगै नेपालमा बीवाईडीको पाँच वटा मोडल उपलब्ध भएको छ । बीवाईडीको एम६, एट्टो ३, सिल र डल्फिनले जस्तै माया अब सिलायन ७ ले पनि प्राप्त गर्नेमा म विश्वस्त छु । आगामी दिनमा हामीले थप नयाँ मोडलहरु भित्र्याउने प्रतिबद्धतासमेत गर्दछु । बिक्रीलाई मात्रै होइन, बिक्री पछिको सेवालाई अझै बढी प्राथमिकतामा राखेर हामीले सेवा प्रदान गरिरहेका छौं ।

बीवाईडी नेपाल यहाँहरुप्रति आभारी छ । साइमेक्स इंकले जतिपनि ग्राहकको विश्वास जित्न सफल भएको छ त्यो विश्वासलाई हामीले कहिल्यै पनि टुट्न दिने छैनौं ।

(बीवाईडी सिलायन सेभेन एसयुभी नेपालमा सार्वजनिक गर्न आयोजित कार्यक्रममा साइमेक्स इंकका प्रवन्ध निर्देशक श्रेष्ठले राखेको मन्तव्यको सम्पादित अंशः)

You might also like

Comments are closed.