काठमाडौं । एक्सन पोलिमर्स लिमिटेडद्वार उत्पादिन ‘पोलिथर सोल’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पोलिथर सोल सार्वजनिक गरिएको हो । एक्सन पोलिमर्सका लागि आधिकारिक डिलर जेबिडी ट्रेडर्स प्रालिको आयोजनामा सोल सार्वजनिक गरिएको हो ।
एक्सन पोलिमर्सले यस अगाडि पोलिथर सोल विदेशमा समेत निर्यात गर्दै आइरहेको छ । यो कम्पनीले मिलानो ब्राण्डको जुत्ता र चप्पलसमेत उत्पादन गर्दै आइरहेको छ । युरो ब्राण्डको पियु सोलसमेत कम्पनीले उत्पादन गरिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यतामा पोलिथर सोल सार्वजनिक गरिएको हो । देशभरका जुत्ता उद्योगहरुलाई लक्षित गरी सोल उत्पादन गरिएको एक्सन पोलिमर्सका सञ्चालन प्रदिप अग्रवालले जानकारी दिए ।
जेबिडी ट्रेडर्सका सञ्चालक जनकबहादुर धामीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै एक्सन पोलिमर्सका उत्पादनहरु गुणस्तरीय रहेकाले ढुक्कसँग प्रयोग गर्न सकिने बताए । हरपल फुड्स प्रालिका अध्यक्ष जनक धामी लगायत जुत्ता उद्योगी व्यवसायीहरु कार्यक्रममा सहभागी थिए ।
एक्सन पोलिमर्स लिमिटेडका सञ्चालक आशिस अग्रवालले कम्पनीका उत्पादनहरुको बारेमा जानकारी गराउँदै देशभरका ग्राहकको रोजाईमा आफ्ना उत्पादनहरु पर्न सफल भएको बताए ।
जेबिडी ट्रेडर्सले बिगत १२ वर्षदेखि नेपाली बजारमा जुत्ताहरु बिक्री वितरण गर्दै आइरहेको छ । प्रालिले चीनबाट प्रत्यक्ष रूपमा चाइनीज जुत्ता–चप्पल, विभिन्न किसिमका चाइनीज सोल, लत्ता कपडा र सहायक वस्तुहरू आयात गरी सस्तो मूल्यमा नेपाली कारखाना तथा पसलमा पु¥याउन सफल रहेको सञ्चालक धामीले जानकारी दिए । एक्सन पोलिमर्ससँग बिगत ३ वर्षदेखि सहकार्य भइहेको र देशभरका लागि युरो ब्राण्डको पियु सोलको आधिकारिक डिलर भएर काम गरिरहेको धामीले बताए ।
Comments are closed.