टप्स मा.वि.मा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा । पोखरामा रहेको टप्स उच्च माध्यमिक विद्यालयमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । टप्स एजुकेसन फाउण्डेसन प्रा.लि का अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम पोखरा महानगपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा टप्स एजुकेसन फाउण्डेसनका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटी, प्लस टु का विज्ञान संयोजक विमल देवकोटा, प्लस टुका व्यवस्थापन संयोजक युवराज लामिछाने, विद्यार्थीको तर्फबाट कक्षा १२ का आया थापा, कक्षा ११ का सिसम थापा लगायतले बोलेका थिए ।

कार्यक्रमममा विभिन्न विद्यालयबाट एसइईमा ४ जिपिए ल्याएका विद्यार्थी तथा तिनका अभिभावकलाई सम्मान गरिएको थियो । शिक्षक मणि डुम्रे र आत्मराम अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा करिव ८ सय जना विद्यार्थी तथा तिनका अभिभावकको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा लोक गायक चोलेन्द्र पोडेल, दिपेन थापा, तुलसा क्षेत्री तथा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुती राखेका थिए ।

पोखराको बुद्धचोकमा शान्त वातावरणमा सञ्चालित विद्यालयमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा कक्षा संचालन हुँदै आएको छ ।

You might also like

Comments are closed.