आइएमई मोटर्सलाई अशोक लेल्यान्डद्वारा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

काठमाडौं । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ । आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबीचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले जनाएको छ ।

उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुर्याएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ।

पुरस्कार प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले बताए । भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने उनले बताए ।

आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुँदा आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन् । हामीलाई निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको कार्यकारी निर्देशक ढकालले उल्लेख गरे ।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाइनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए ।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।

यो सम्मान आइएमई मोटर्सको मात्र नभई सम्पूर्ण नेपाली अटो क्षेत्रका लागि पनि गौरवको विषय हो।

You might also like

Comments are closed.